Monday, April 20News That Matters

ताप्लेजुङमा चट्याङ लागेर एक वृद्धको मृत्यु

पूर्णपुष्टि,वैशाख १६ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गए राति चट्याङ लागेर सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरमा बसिरहेको अवस्थामा कडरियलाई चट्याङ लागेको हो ।

इलाका प्रहरी कार्यालय तेल्लोकको टोली घटनास्थलमा गएको छ। शव परीक्षणका लागि आज जिल्ला अस्पताल ल्याइने कार्कीले बताए । केही दिनअघि मात्रै चट्याङ लागेर मैवाखोला गाउँपालिकामा एक बालकको ज्यान गएको थियो।