Sunday, May 31News That Matters

तास र नगदसहित ९ जुवाडे पक्राउ

पूर्णपुष्टि, मंसिर ८
झापाको दमक नगरपालिका–५ का टेक बहादुर कार्कीको घरमा तास खेलिरहेको अवस्थामा ९ जना जुवाडे पक्राउ परेका छन् । घरधनि ४६ वर्षीय टेक बहादुर कार्की, सोही स्थानका ५१ वर्षीय कुशराज खत्री, ५४ वर्षीय सुरेश भण्डारी, ३८ वर्षीय नारायण कडरिया, ४१ वर्षीय सुर्य न्यौपाने, ४८ वर्षीय खगेन्द्र भुजेल, ४० वर्षीय खगेन्द्र राजवंशी, सोही स्थान वडा नम्बर ८ का २९ वर्षीय प्रदिप थापा र कमल गाउँपालिका–५ का ३० वर्षीय सुरेश सुव्वा पक्राउ परेका हुन् ।
हिजो बेलुका साढे ३ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई तिन बुङ तास र नगद २९ हजार ७ सय ४५ रुपैयाँसहित पक्राउ गरिएको छ ।
पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।