
पूर्णपुष्टि, माघ ८
तीन जना सवार रहेको मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । सप्तरीमा मध्याह्न राति साढे १२ बजे सप्तरीको खडक नगरपालिका(१ बनौलीस्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार मध्यान्न राति सो सडक खण्डमा मोटरसाईकल दुर्घटना भएको हो । प्रदेश २(०१( ००१( प ६१४६ नम्बरको मोटरसाइककल अनियन्त्रित भई दुर्घटना खडक नगरपालिका(११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र २५ को अरविन्द यादवको मृत्यु भएको हो ।
मोटरसाइकलको पछाडि सवार २१ वर्षीय सुनिलकुमार चौधरीका भने छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको सप्तरीका प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले बताए ।
