Wednesday, May 6News That Matters

तेमालमा ईन्डक्सन चुल्होको प्रयोग सुरु

भदौ ७ गते ।

काभ्रेको तेमाल गाउँपालिकाको एक समुदायले विद्युतीय चुल्हो प्रयोग अभियान सुरु गरेको छ । तेमाल सामुदायीक विद्युत सहकारी संस्थाले ग्यास र दाउँरा प्रयोगलाई विस्थापित गर्ने उद्देश्यले अभियान चलाएको हो ।

उक्त अभियानलाई विद्युत प्राधिकरणले साथ दिएको छ । चुल्हो वितरणको कार्यक्रममा पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक समस्या आउन नदिने प्रतिबद्धता जनाएको छ ।

सस्थाले पहिलो चरणमा आफ्ना ग्रहकलाई मात्रै वितरण गरेको छ । करिब ५ सय घरपरिवारलाई ६७ सय रुपैयामा ईन्डक्सन चुल्हो र त्यसमा प्रयोग हुने कुकर, कराई, पानी तताउने ताप्के वितरण गरेको छ । ग्यास भन्दा ईन्डक्सन चुल्हो प्रयोग गर्दा धेरै सुलभ हुने सस्थाले जनाएको छ ।