Monday, June 22News That Matters

तौल बढाउँन भन्दै बोके पाठालाई संगिनी सुई

पूर्णपुष्टि,चैत्र १४ । गुल्मीको ध्रुर्कोट गाउँपालिकाले बाख्राका पाठाहरुको तौल बढ्ने भन्दै गर्भनिरोधक संगिनी सुई लगाएउने गरेको पाइएको छ । गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ७ वाग्लाका निजी क्षेत्रमा काम गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूले बोको पाठालाई संगिनी सुई लगाइदिएको पाइएको गाउँपालिकाले जनाएको छ । संगिनी सुइ एक हर्मोनल साधन हो । जसले महिलाको शरीरमा हुने हर्मोनलाई व्यवस्थित गरी गर्भ रहन दिँदैन ।

तर तौल बढ्ने विश्वासका साथ किसानहरुकै सहमतिमा पशु स्वास्थ्य कार्यकर्ताहरुले बोका पाठामा यस्तो तीन महिने सुइ लगाउने गरेको पाइएको स्थानीयहरु बताउँछन् । गाउँपालिकाले भने तीन महिने संगिनी सुइ हर्मोनल साधन भएकोले मानव शरीरमा दीर्घकालीन असर पर्न जाने भन्दै पशुमा यो सुइ प्रयोग नगर्न सूचना नै जारी गरेको छ ।

आगामी दिनमा यस्तो कार्य गर्ने गराउने गरेको पाइएमा कानुन बमोजिम सजाय दिने भन्दै संगिनी सुइ लगाउन तत्काल रोक्न सूचना जारी गरेको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।