Saturday, June 6News That Matters

त्रिनपा १३ बहेडुवामा राहत वितरण

पूणर्पुष्टि, असार, ६ 

त्रियुगा नगरपालिका वडा नं १३ बहेडुवामा राहत वितरण गरिएको छ । लकडाउनको केही समय राहत वितरणको कार्यक्रम चापाचाप रहेको भएपनि अहिले भने सुनसान छ । अहिले पनि तत्काल काममा पर्किन नसक्ने अवस्था र पूणर् रुपमा सबै प्रकारको कामहरु खुली नसकेको अवस्थामा अति विपन्न परिवारहरुमा खाद्यन्नको समस्या उस्तै छ ।

टेवा नेपालको सहयोग, समाजसेवी समूहको समन्वय र त्रियुगा कृषक महिला समूह १३ नं को आयोजनामा राहत वितरण गरिएको छ । लकडाउनको केहि समय सम्म राहत बाँड्न स्थानीय सरकार, संघ संस्था, व्यक्ति लगाएतका समूहहरुको होटाबाजी रहेपनि बिचमा रोकिएको छ ।

अहिले पनि बिभिन्न क्षेत्रमा मजदुर गर्दै आएका कामदार तथा विपन्नहरुको समस्या खाद्यन्ननै हो । सामान्य कृषि कर्महरु संञ्चालन भएपनि काम गर्ने वित्तिकै खान र बेच्न नमिल्ने हुँदा केहि समय सम्म सहजीकरणका लागि खाद्यन्न वितरण गरिएको हो । लकडाउन खकुलो भएपनि सार्वजानिक सवारी, होटल  लगाएतमा काम गर्ने मजदुरहरु काममा फर्किन पाएका छैन् ।

विपन्न र गरिबलाई एक चोटी मात्र राहत बाँडेर नहुने र समस्याको समय अवधिभर नै खाद्यन्नको समस्या हुने भन्दै पछिल्लो समय १५ दिन सम्मका लागि विपन्न परिवारलाई राहत वितरण गरिएको समाज सेवी समूह उदयपुरका संयोजक विनोद कर्कीले बताउनुभयो ।

संयोजक कार्कीले कुनै पनि राहत समान्तरको रुपमा नभई समताको हिसावले बाँड्नु पर्ने बताउनुभयो । केहि समय अगाडी बाँडीएको राहत सकिएको र आफैले गाउँमा स्थिति बुझ्दा समस्याको समधान नभएको र त्यस्ता परिवारहरु धेरै नाजुक अवस्थामा रहेको पाएपछि अति विपन्न ४३ परिवारहरुलाई राहत वितरण गरिएको कार्कीले बताउनुभयो ।

राहत परिवार संख्याको आधारमा वितरण गरिएको छ । घरधुरीको हिसावले बाँड्दा धेरै परिवार हुने संख्या मारमा पर्ने हुदा २ दिन पनि राहत नपुग्ने भन्दै १ देखि २ जनाको परिवारलाई १५ केजी चामल नुन, तेल दाल र २ ओटा सावुन, २ देखि ४ जनाको परिवारलाई २० केजी चामल नुन, तेल, दाल, र साबुन, ५ देखि ६ जनाको परिवारलाई ३० केजी चामल नुन, तेल, दाल, सावुन, ७ देखि ८ जनाको परिवारलाई ४० केजी चामल नुन, तेल, दाल, र सावुन गरी १५ दिनलाई पुग्ने हिसावले राहत वितरण गरिएको कार्कीले बताउनुभयो ।

कार्कीका अनुसार १५ दिन सम्म अन्य कुनै सहजताको बाटोहरु सुरु हुने र काम पूणर् तरिकाले चल्न सक्ने भन्दै तत्कालका लागि राहत वितरण गरिएको जनाउनुभयो ।

राहत वितरण कार्यक्रम स्थानीय सरकारको समन्वय र उपस्थितिमा गरिएको छ । १३ नं वडाका अध्यक्ष पशुपति चौधरी समेतको उपस्थितिमा राहत वितरण गरेको हो । अध्यक्ष चौधरीले लकडाउनले धेरै कुरा सिकाएको बताउनुभयो । बिभिन्न चरण गरी वडाले पनि ३ पटक राहत वितरण गरेको बताउँदै चौधरीले १३ नं वडा कृषि र श्रमिकहरुको वडा भएका कारण अन्य वडाहरुमा जस्तो खाद्यन्न बाँड्नु नपरेको बताउनुभयो । कुनै पनि बेला विपत्तिको अवस्था आउने भएकाले अहिलेको लकडाउनले बचतको समेत व्यवस्था गर्न सिकाएको उहाँले बताउनुभयो ।

राहत लिन आएका सुनिता चौधरीले परिवार संख्यामा बितरण गरिएकाले कुनै पनि परिवार समस्यामा नपर्ने बताउनुभयो । उहाँले पहिलेको समान्तर वितरण  राहतले सबै परिवारमा समता नभएको बताउनुभयो ।

अकौ व्यक्ति श्रीकान्त चैधरीले राहत पाएकोमा खुसि व्यक्त गर्दै आफुहरुले निकै कठिन समयमा पछिल्लो समय राहत पाएको बताउनुभयो । उहाँले राहत वितरण गर्ने सबै संस्थाहरुलाई धन्यबाद दिनु भयो । राहत वितरण कार्यक्रम गरिबहरुको पहिचान र निष्पक्ष ढंगमा भएको बताउनुभयो ।