Saturday, June 20News That Matters

त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष भगत निलम्वीत, कार्यबाहक अध्यक्षमा रसाईली

पूर्णपुष्टि, असार २९

पटकपटक अपारदर्शी अध्यक्षको आलोचना खेप्दै आएको त्रियुगा उद्योग बाणिज्य संघका वर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य गजेन्द्र भगतलाई लाई संस्थाका बहुमतको कार्यसमितिले निलम्वीत गरेको छ ।

भगत लाई पहिल्यै बाट आर्धिक काण्ड र संस्थाका अन्य कामहरुमा समते संस्थागत हिसावले भन्दा पनि व्यक्तिगत हिसावले चल्दै आएको आरोपहरु प्रसस्त छन् ।

अध्यक्ष भगतले संस्थाको नाममा जम्मा गर्नु पर्ने रकम रु ३ लाख २० हजार २०५ रुपायाँ आर्थिक बर्ष २०७४÷०७५, २०७५÷०७६, २०७६÷०७७ देखि नै जम्मा नगरी उक्त प्रमाण आर्थिक लेखा परिक्षणमा भने उल्लेख गरी बदमासी गर्न खोजेको प्रतिवेदनमा उल्लेख गरिएको छ । उनलाई पटक पटक रकम जम्मा गर्न सल्लाह दिदा पनि वास्त नगरेको उल्लेख गरिएको छ ।भगतलाई त्रियुगा उद्योग बाणिज्य संघ को विद्यान परिच्छेद ४ को धारा ४.४ को खण्ड (ङ) ४ बमोजिम कार्वाही गरिएको छ ।  उनलाई तिन बर्ष सम्मका लागि संस्थाको साधारण सदस्य समेत नरहने गरी निलम्वीत गरिएको हो ।

भगतले संस्थामा आएको सेवा सुविधा लाई पनि व्यक्तिगत हिसावले दुरुपयोग गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । माहामारीमा आएको खोपलाई पनि संस्थाको बैठक बिना नै तोकेको व्यक्ति भन्दा बाहिर प्रयोग गरी दुरुपयोग गरेको प्रतिवेदनले स्पष्ट पारेको छ ।

बर्तमान अध्यक्ष भगत (निलम्वीत)

बरिष्ठ उपाध्यक्ष रमेश रसाईलीको नेतृत्वले एक पत्रकार सम्मेलन कार्यक्रमको बिच भगतलाई संस्थाको नेतृत्व बाट हटाइएको जानकारी गराएको छ । संस्थाको नियम र विधिविद्यान विपरित आफ्नै हिसावले चलिरहेको अध्यक्षलाई समितिले पटकपटक मौखिक र लिखित रुपमा पारदर्शिता, आर्थिक लेखा जोखा, साधरण सभा तथा संस्था नविकरणको बारेमा सम्झाए पनि वेवास्ता गरेको भन्दै रसाईलीको नेतृत्वमा रहेको ९ कार्यसतिले कार्वाही गरेको जनाएको छ ।

बर्तमान वरिष्ठ प्रथम उपाध्यक्ष रसाईली (कार्यवाहक अध्यक्ष)

समितिमा जम्मा १२ जनाको कार्यसमिति रहेको छ । यस मध्ये ९ जनाले कार्वाहीका लागि हस्ताक्षर नै गरेको छ भने बाँकी अन्यले पनि कर्वाहीको पक्षमा आवाज उठाउने समितिले जनाएको छ । भगतले संस्था संञ्चालनमा पटकपटक संस्थाको काम कार्वाही, बार्षिक आर्थिक लेखा जोखा, संस्थाको प्रगती विवरण, बार्षिक साधारण सभा जस्ता महत्वपूर्ण कामलाई पनि वेवास्ता गर्दै संस्था र समितिलाई कम्जोर बनाउन खोजेको र संस्था जिवित राख्न बहुमतको समितिले यो निर्णय गर्नु परेको कार्यवाहक अध्यक्ष रसाईलीले बताउनुभयो ।

उहाँले आफु कार्यवाहक अध्यक्ष हुँदै गर्दा संस्थामा रहेको सबै अपारर्दशीताका कामलाई सुधार गर्ने आफ्नो र समतिको पहिलो काम रहेको बताउनुभयो । रसाईलीकै नेतृत्वमा सोमवार बसेको बैठकले बिभिन्न ३ निर्णहरुमा छलफल गर्दै अध्यक्षले गरेको संस्थाको हिनामिना रकम असुल, हिनामिना रकम उपर कार्वाही सम्बन्धमा र कार्यबाहक अध्यक्षको बिषय अनुसार ९ जनाको हस्तक्षरमै अध्यक्ष निलम्वीत भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।