पूर्णपुष्टि, पुष १८
जिल्ला क्रिकेट संघ उदयपुरको आयोजनामा संञ्चालित त्रियुगा नगर स्तरिय इन्टर स्कुल क्रिकेट प्रतियोगिताको उपाधी त्रियुगा माविले जितेको छ । त्रियुगा नगरपालिका स्थित बरुवा बसपार्कमा आयोजित प्रतियोगिताको फाईनलमा उदयसी बोर्डीङ स्कुललाई हराउँदै त्रियुगा नमुना मावि गाईघाटले उपाधी हात पारेको हो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ७ हजार नगद सहित ट्रफी र प्रमाण पत्र वितरण गरिएको थियो । दोस्रो हुने टिमलाई नगद ५ हजार सहित ट्रफी र प्रमाण पत्र वितरण गरिएको थियो । प्रतियोगिताको फाइनल गेमको मेन अफ द म्याच त्रियुगा नमुना माविका नवराज सिग्देल भए । प्रतियोगिता भर बेस्ट ब्याटस्मेन नमुना इङ्ग्लिस बोर्डिंङ गाईघाटका एलिश खड्का घोषित भए ।
प्रतियोगितामा नगरपालिकाका ६ बिद्यालयले प्रस्तिस्पर्धा गरेका थिए । जनमा त्रियुगा नमुना मावि, उदयसी बोर्डीङ स्कुल जलजले, क्यानभास एकेडेमी गाईघाट, प्याराडाइज इङ्ग्लिस बोर्डिंङ गाईघाट , नमुना इङ्ग्लिस बोर्डिंङ गाईघाट र जनता बहुमुखी क्याम्पस मोतिगडा रहेका थिए।
