Wednesday, August 5News That Matters

त्रियुगा नगरपालिकामा भोलीबाट बिदा

पूर्णपुष्टि, कार्तिक २९ गते ।
उदयपुरको त्रियुगा नगरपालिकाले आज एक सूचना जारी गरी कार्तिक ३० गतेदेखि बिदा दिने निर्णय गरेको छ । आसन्न मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन हुन गईरहेकोले ६ दिन विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनले बताए ।
वनका अनुसार त्रियुगा नगरपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, सम्पूर्ण शिक्षण संस्थाहरु र स्वास्थ्य संस्थाहरुमा (आकस्मिक सेवा बाहेक) सार्वजनिक बिदा दिइएको हो । नगरपालिका अन्तर्गत कार्यरत कर्मचारीहरु विभिन्न मतदन केन्द्रहरुमा निर्वाचन सम्पन्न गर्न खटिने भएकाले नगरभित्र बिदा घोषण गरिएको हो ।