Thursday, May 28News That Matters

त्रियुगा मिडियाद्वारा बधाई ज्ञापन

पूर्णपुष्टि, पुस २ ।

त्रियुगा मिडिया ग्रुपले नवनिर्वाचित फोटो पत्रकार महासंघ, शाखा उदयपुर र जेसिज उदयपुरका पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेको छ । साथै दलित अधिकारको क्षेत्रमा योगदान पुर्याएवापत डा। अम्वेडकर पुरस्कारबाट पुरस्कृत गैर सरकारी संस्था महासंघ उदयपुरका कार्यवाहक अध्यक्ष सुमन परियार, केन्द्रिय युवा सञ्जालका नवनिर्वाचित सदस्य सुरेश गुप्तालाई पनि बधाई ज्ञापन गरेको छ ।

बुधबार दिउसो गाईघाटमा आयोजित बधाई ज्ञापन कार्यक्रममा ग्रुपका अध्यक्ष विश्वराज तामाङ, त्रियुगा नगरपालिका १० नं। वडाध्यक्ष प्रकाश खड्का, गैसस केन्द्रिय सदस्य महेश्वरी राई, नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई, त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाईली, प्रेस संगठनका केन्द्रिय सदस्य यमन दनुवार, युवा समाजसेवी राजकुमार शर्मा लगायतले सबैलाई अबिर खादा लगाई सम्मान तथा बधाई ज्ञापन गरे ।

कार्यक्रममा मन्तब्य राख्दै वक्ताहरुले आजभोली कुरा काट्ने र आलोचना गर्ने प्रबृति बढिरहेकोले त्यसलाई हटाउदै सम्मानको संस्कारलाई अगाडी बढाउनुपर्ने धारणा राखेका थिए । यसले समाजलाई सकारात्मक र सिर्जनशिलतातर्फ अगाडी बढाउने उनीहरुले बताए ।

तस्बिरहरु :