
पूर्णपुष्टि, साउन ३१
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कपिलवस्तु मायादेवीका ४२ वर्षीय पुरुषको उपचारको क्रममा आज मृत्यु भएको अस्पतालले जनाएको छ ।
फोक्सोमा समस्या देखिएका उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो । बिरामीको सुरुको रिपोर्ट नेगेटिभ आएको भए पनि जीन एक्सपर्ट गरेर परीक्षण गर्दा पोजेटिभ आएको थियो । उनको फेरि पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको थियो ।
३ दिनअघि उपचारको लागि अस्पतालमा आएका ती बिरामीको फोक्सोमा संक्रमण थियो । यसअघि बुटवलको कोरोना विशेष अस्पतालमा कोरोनाको कारण कपिलवस्तुको तौलिहवाका ४२ वर्षीय पुरुषको मृत्यु भएको थियो ।
