Monday, June 29News That Matters

थप ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, असार ३१

नेपालमा आज थप १ सय १६ जनामा केरोना संक्रमण पुष्टि भएका छन् । योसँगै नेपालमा कोराना सङ्क्रमितको सङ्ख्या १७ हजार एक सय ७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ सय ९७ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् योसँगै निको हुनेको संख्या ११ हजार २५ पुगेको छ । नेपालमा अहिलेसम्म कुल सङ्क्रमितको ६४.२५ प्रतिशत सङ्क्रमित निको भएका छन् ।

अहिले नेपालमा ६ हजार एक सय १४ जना सक्रिय सङ्क्रमित उपचाररत रहेका छन् ।