
पूर्णपुष्टि, जेठ ९ गते ।
आजको पछिल्लो परिक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशीक अस्पताल र भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २० जनाको परिक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
कैलालीको सरस्वती मावि क्वारेन्टाईमा रहेका १९, २३ र २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै डढेलधुरा पर्शुराम–१० का २८ वर्षीय पुरुष, बैतडी शिवनाथ–१ का २२ वर्षीय पुरुष, मोरङ रतुवामाईका ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
बाँकेको १४ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये राप्तीसोनारीका १८ वर्षीय पुरुष र बाँकी १३ जना नरैनपुरकाको १ देखि ६१ वर्ष उमेर समुहको पुरुषहरु रहेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ भने निको हुनेको संख्या ७० पुगेको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भईसकेको छ ।
