Tuesday, April 28News That Matters

थाङ्पालका ३० घरलाई सुरक्षित ठाउँमा सारियो

पूर्णपुष्टि, साउन २१

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ तिपेनीमा पहिरोको उच्च जोखिममा परेको ३० घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।

गत आइतबारदेखि मुसलधारे वर्षासँगै खसेको पहिरो नरोकिएपछि स्थानीय सरकार र स्थानीय बासिन्दाको सहकार्यमा बस्ती स्थानान्तरण गरिएको हो ।

तिपेनी पुलबारीको अधिकांश भूभाग भूक्षय भइसकेको कारण उच्च जोखिममा परेको ३० घरपरिवारलाई थप चुनौती नहोस् भन्ने मनसायले बस्ती स्थानान्तरण गरिएको पाँचपोखरी थाङपाल गाँउपालिले जनाएको छ ।

पर्यटकीय स्थल पाँचपोखरी थाङपाल गाउँपालिकामा आपत्कालीन एम्बुलेन्स सेवा, सवारी साधनलगायत पर्यटक आवतजावतमा सास्ती हुन नदिन पालिकाभित्र स्काभेटर खटाई बाटो खुलाइएको पालिकाले जनाएको छ ।

पहिरोको उच्च जोखिममा रहेका स्थानीयवासी अहिले कोही सुरक्षित स्थानमा बसेका छन् र कोही आफन्तको घरमा छन् ।