
पूर्णपुष्टि, असोज १६
कञ्चनपुरमा धान झार्ने क्रममा थ्रेसरमा बेरिएक एक महिलाको मृत्यु भएको छ ।
कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा धान झार्ने क्रममा थ्रेसर मेसिनमा बेरिएर स्थानीय ४५ वर्षीय लक्ष्मी साउदको मृत्यु भएको हो ।
खेतमा धान थ्रेसिङ गर्ने क्रममा साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

