Sunday, June 21News That Matters

देशभर ६,२०५ जना कोरोना मुक्त, ४,३६९ जनामा संक्रमण पुष्टि

पूर्णपुष्टि, जेष्ठ १६

वितेको २४ घण्टामा नेपालमा ६ हजार २ सय ५ जनाले कोरोना जितेका छन्, भने थप ४ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १० हजार ९ सय ८६ जनामा पीसीआर परीक्षण गर्दा ३ हजार ७ सय २ र १ हजार ७ सय ८४ एन्टिजेन परीक्षणमा ६ सय ६७ जना गरी ४ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

वितेका २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २ सय ५ रहेको छ । कोरोना संक्रमणका कारण आज थप १ सय ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।