
पूर्णपुष्टि, जेष्ठ ९
पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार ९ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १८ हजार ९ सय ६५ पीसीआर परिक्षण गर्दा ७ हजार ५ सय ९८ र ९ सय ३१ एन्टिजेन परिक्षण गर्दा ३ सय १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १ सय ९३ जनाले ज्यान गुमाएका छन् । शनिबार मात्रै कोरोनाबाट १ सय २९ जनाको मृत्यु भएको थियो । २४ घण्टामा ७ हजार ६ सय ६४ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किए सँगै निको हुनेको संख्या ३ लाख ९१ हजार ३ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ ।
देशभर १ लाख १५ हजार ५ सय ४७ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
