
पूर्णपुष्टि, जेठ २० गते ।
अत्यावश्यक वस्तुका पसल दैनिक तीन घण्टा खुल्न पाउने भएको छ । खाद्य वस्तु, तरकारी तथा दैनिक उपभोगका अत्यावश्यक किराना पसल विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ने भएको हो ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले मंगलबार सुचना प्रकाशन गर्दै लामो समयदेखिको लकडाउनले पारेको समस्यालाई दैनिक जिवन यापनमा सहज बनाउने उद्देश्यले अत्यावश्यक वस्तुको पसल दैनिक तीन घण्टा खेल्ने सुचान जारी गरेको छ ।

