
पूर्णपुष्टि, साउन २१
सुनसरीको धरान उप–महानगरपालिकाले लकडाउनको घोषणा गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताको लागि लकडाउन घोषणा गरिएको धरान उप–महानगरपालिकाले जनाएको छ ।
समुदायस्तरमा कोरोना संक्रमण बढेपछि ईटहरी उप–महानगरपालिका, ईनरुवा नगरपालिका र दुहबी नगरपालिकाले हिजो लकडाउनको घोषणा गरेको थियो । आज धरान उपमहानगरपालिकाले पनि लकडाउनको घोषणा गरेको हो ।
योसँगै सुनसरीमा लकडाउन गर्ने पालिकाको सङ्ख्या ४ पुगेको छ । लकडाउनको बेला अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको जनाईएको छ ।
