
मोरङ, भदौ ३ गते ।
मोरङको रंगेलीमा एसईई पुरक परीक्षा हलबाट नक्कली परीक्षार्थी पक्राउ परेको छ । रंगेली नगरपालिका – ६ को श्री पब्लिक माध्यमिक विद्यालयबाट कर्कैको नाममा परीक्षा दिईरहको अवस्थामा मुन्ना मण्डल पक्राउ परेको हो ।
सुनवर्सी नगरापलका – ८ निबासी २१ वर्षीय मण्डलले ०८१३४३६ जेड सिम्बोल नम्बर भएको कुमोदप्रसाद गनगाईको अनिवार्य गणित विषयको परीक्षा दिई रहेको अवस्थमा पक्राउ परेको प्रहरीले जनाएको छ ।
उक्त केन्द्रमा खटेका गार्डले विहान पौने १२ बजे फेलापारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
