Saturday, June 20News That Matters

नदीमा हाम फालेर मृत्यु रोजेकी एक महिलाको सकुशल उद्धार

पूर्णपुष्टि, असार ११

नदीमा हाम फालेर आत्महत्या गर्ने प्रयास गरेकी एक महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ । ती महिलाले बिहीबार अन्दाजी ४ः३० बजेको समयमा बर्दियाको गुलरिया नगरपालिका–८ स्थित भादा नदीमा हामफालेकी थिइन् ।

महिलाले नदीमा हाम फालेको भन्ने खबर पाउन साथ उद्धारका लागी जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव निरीक्षक मणिराज भट्टको कमाण्डमा टोली परिचालित गरिएको थियो । टोलीले बग्दै गरेकी महिलालाई सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।

ती महिलाको बर्दिया अस्पताल गुलरियामा ल्याएर उपचार गराइएको थियो । महिलासँग सोधपुछबाट गर्दा उनी भारत जिल्ला बहराईच थाना मोतिपुर ग्राम बलैगाउँ निवासी भएको पाइएको थियो । प्रहरीले भारत जिल्ला बहराईच थाना मोतिपुर ग्राम पञ्चायतको गाउँ प्रधानसँग समन्वय गरी उनलाई श्रीमान्को जिम्मा लगाएको छ ।