
कात्तिक १९ गते ।
काभ्रेको नमोबुद्धमा एक दम्पती मृत फेला परेका छन् । नमोबुद्ध नगरपालिका तल्लो हटियामा श्यामकृष्ण श्रेष्ठ र रुकुमाया श्रेष्ठ मृत फेला परेका हुन् ।
स्थानीय ५५ वर्षका श्यामकृष्ण र अन्दाजी ५० वर्षकी रुकुमायाको शव मंगलबार बिहान फेला परेका प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि काठमाण्डौबाट तालिम प्राप्त कुकुरसहितको टोली बोलाइएको प्रहरीले जनाएको छ ।
