
पूर्णपुष्टि, जेठ १३ गते ।
नेपालको नयाँ नक्सासहितको लोगो संघीय संसदमा राखिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सासहितको लोगो राखिएको हो ।
गत जेठ ५ गते बसेको मन्त्रिपरिषदको बैठकले भारतको कब्जामा रहेका नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नयाँ नक्सा स्वीकृत गरेको थियो । यस नयाँ नक्सा ७ जेठमा भूमि व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको थियो ।
नयाँ नक्सा जारी भएसँगै संविधान संशोधनको प्रक्रिया अघि बढाइएको छ । साथै सांसदहरुले लगाउने प्रतीक चिह्न (लोगो) फेर्ने काम अघि बढाइएको संसद सचिवालयले जनाएको छ ।
