Sunday, May 17News That Matters

नयाँ नोटबारे कुनै निर्णय भएको छैन

पूर्णपुष्टि, भदौ १६

दशैंका लागि नयाँ नोट वितरण गर्ने वा नगर्ने कुनै निर्णय भइनसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ । दशैं आउन अझै समय बाँकी रहेकाले यो महिना कुनै पनि निर्णय नहुने राष्ट्र बैंकले जनाएको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नयाँ नोटका विषयमा अर्को महिनामात्रै निर्णय हुने जनाएको छ । बाहिर अनाधिकृत तरिकाले नयाँ नोट नबाँडिने भन्ने समाचार गलत भएको जनाएको छ ।

दशैं आउन अझै समय बाँकी भएकाले असोजमामात्रै केहि निर्णय हुने जनाईएको छ ।

राष्ट्र बैंकले दशैंका लागि भन्दै हरेक वर्ष नयाँ नोट वितरण गर्ने गरेको छ । गत वर्षदेखि भने राष्ट्र बैंकले दशैं बाहेक अन्य चाडपर्वमा पनि नयाँ नोट वितरण नगर्ने निर्णय गरेको थियो ।