Friday, May 22News That Matters

नारायणी नदीमा पानीको वहाव सर्तकता चिन्नमा

पूर्णपुष्टि, साउन ३१

वर्षापछि नारायणी नदिमा बढेको पानीको वहाव सर्तकताको तह नाघेको छ । नदीमा पानीको बहाव बढेसँगै सतर्क रहन संकेत स्वरुप साइरन बजाइएको छ ।

चितवनको देवघाट र नारायणगढ पुल क्षेत्रमा बाढीको बहाव उच्च मापन गरिएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

तमोर नदीको बाढी घट्ने क्रममा रहे पनि नारायणी नदीको बाढी भने बढ्दो क्रममा छ । केहीबेर अघिसम्म धनकुटास्थित तमोर नदीमा पनि बहाव उच्च भए पनि अहिले घटेको छ ।

देवघाटमा दिउँसो १२ः५ बजे गरिएको मापन अनुसार बाढी उर्लिएर ७.६२ मिटर माथि पुगेको छ । देवघाटमा ७.३ मिटरसम्म सतर्कताको तह र ८ मिटर पुगेमा खतराको तह मानिन्छ । त्यसैगरी नारायणगढ पुलमा दिउँसो १२ बजे गरिएको मापनमा नदीको बाढी ११.३२ मिटरसम्म पुगेको छ । यहाँ ११ मिटर पुगेमा सतर्कताको तह मानिन्छ ।

त्यस्तै लम्जुङको बेंसिशहरमा भारी वर्षा भएको छ । त्यसैले त्यहाँको नारायणी नदी क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचित गर्दै साइरन बजाइएको छ ।