Sunday, June 28News That Matters

नारी दिवसको अवसरमा ‘ट्याक्स नलगाउ प्याडमा’ भन्दै काठमाडौंमा प्रदर्शन

पूर्णपुष्टि,फागुन २४

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी महिनावारीको समयमा लगाउने प्याडमा समेत सरकारले कर लगाएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ । दिवसको अवसर पारेर संरक्षक समूह नेपालको ब्यानरमा सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।

‘ल्याऔं कमी भ्याटमा, ट्याक्स नलगाउ प्याडमा’, ‘महिनाको महिनावारी, प्याडको लागि सरकार जिम्मेवारी’ लगायत नारा लेखिएका प्लेकार्डसहित किशोरीहरुले प्रदर्शन गरेका छन् ।

उनीहरुले सडक नाटकसमेत प्रदर्शन गरेर प्याडमा कर हटाउन सरकारको ध्यानाकर्षण गरेको हुन् ।