Wednesday, April 29News That Matters

निःशुल्क कोरोना परीक्षणका लागि सिफारिस बनाएर रकम लिने पक्राउ

पूर्णपुष्टि, कात्तिक २६

नेपालगञ्जको भेरी अस्पतालमा पीसीआर परीक्षणका लागि निःशुल्क सिफारिस बनाएर रकम असुल्ने गरेको पाइएको छ ।
सिफारिस बनाइ दिएर रकम असुल गर्ने भेरी अस्पतालमा कार्यरत दुई जना सुरक्षागार्ड र कोभिड वार्डमा सहयोगीको रुपमा कार्यरत एक जना बुधबार अस्पतालबाटै पक्राउ परेको हो ।

उनीहरुले निःशुल्क पीसीआरका लागि लक्षित वर्गका व्यक्तिको रुपमा डाक्टरको सिफारिस बनाएर रकम असुल गर्दै आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यसरी सिफारिस बनाउँदा उनीहरुले डाक्टरको सिफारिसका लागि आफैले किर्ते हस्ताक्षर गर्ने गरेको पाइएको छ ।

पक्राउ परेकाहरूले ६ जनाको सिफारिस बनाएर रकम लिएको बयान दिएको प्रहरीले जनाएको छ ।