Wednesday, May 20News That Matters

निकुञ्जमा गैंडा मृत फेला

भदौ १३ गते ।

राष्ट्रिय निकुञ्ज चितवनमा एक गैंडा मृत अवस्था फेला परेको छ । निकुञ्जको मेघौलीमा पर्ने राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा गैंडा मृता वस्थामा फेला परेको निकुञ्जले जनाएको हो ।

निकुञ्जमा भेटिएको मृत गैँडा कालगतिले मरेको हुन सक्ने निकुञ्जले जनाएको छ । चालु आर्थिक बर्षमा कालगतिले मरेको पहिलो गैंडा रहेको निकुञ्जले जनाएको छ ।

करिब ३५ बर्षको गैंडा भदौ ११ गते मृत अवस्थामा भेटिएको थियो । गैंडाको औसत आयु ३५ देखि ४० बर्षको हुने निकुञ्जले जनाएको छ । गत बर्ष यहि समयमा निकुञ्जमा चार गैंडा मरेका थिए ।

गत आर्थिक वर्षमा कालगतिका कारण निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा सवै भन्दा धेरै ४३ वटा गैंडा मरेका थिए । निकुञ्जमा ६ सय ५ वटा गैंडा रहेको छ । यस बर्ष गैंडा गणना गर्ने कार्यक्रम रहेकाले सरकारले १ करोड ५ लाख बजेट विनियोजन गरेको छ ।