Tuesday, April 28News That Matters

निषेधज्ञामा सियर बजार खुल्लै रहने

पूर्णपुष्टि, बैशाख १४

कोरोना संक्रमणका कारण निषेधज्ञा हुदैँ गर्दा सियर बजार भन्ने खुल्लै रहने भएको छ । अहिले घरमै बसेर अनलाइनबाट सेयर खरिद गर्न सकिन्छ ।

सेयर खरिद बिक्री वापतको लिनु वा दिनु पर्ने भुक्तानी पनि कनेक्ट आईपीएसबाट सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले बजार बन्द गर्नु नपर्ने नेप्सेले जनाएको छ ।

नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक सूचना जारी गर्दै सेयर बजार पूर्ण रुपमा खुला हुने बताएको छ । ब्रोकर कार्यालयहरुमा पनि भीडभाड नगर्न र थोरै कर्मचारी राखेर काम गर्न भनिएको छ ।

गत वर्ष भएको लकडाउनमा भने सेयर बजार ५० दिन बन्द्य भएको थियो । लामो समय बन्द हुँदा लगानीकर्ताहरुको पुँजी होल्ड भएके भन्दै विरोध भएपछि बजार नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सले बजार खुला गरेको थियो ।