
पूर्णपुष्टि, जेष्ठ ५
गाईघाटमा करिब १२ बजेको समयमा मोटर साईकले साईकललाई ठक्कर दिँदा साईकल चालक घाईते भएको छ । प्रदेश नं ३ ०२००१ प ५०९१ नं को मोटरसाईकलले पूर्व बाट पश्चिम तर्फ जाँर्दै गरेको साईकललाई शोहि दिसा बाट जाँदै गरेको मोटरसाईकलले ठक्कर दिँदा त्रिनपाको मान बहादुर बिक घाईते भएको छ । बिकको टाउकोमा चोट लागेको छ भने एक पटिको कानको मासु घोटिएर छाला गएको छ ।
साईकल चालक चेक जाँचको लागि हस्पिटल हिडेको बुझिन्छ । उनि सँग हस्पिटलको पुर्जा साथमा फेला परेको छ । कान राम्रो नसुन्ने र मुख नलाग्ने बिकले आफ्नो पुरा ठेगाना पनि बताउन सकेन दुर्घटना असारी लाईनको मन्दिर छेउमै भएको हो । मोटरसाइकल चालकले आफु औषधी लिन हिडेको बताएको छ । बिकलाई उपचारको लागि हस्पिटल लगिएको छ । मोटरसाईकल चालकलाई पनि बिकको उपचार गराउन प्रहरीले साथैमा लिएर गएको छ । 

