Wednesday, June 17News That Matters

नेकपा माओवादी केन्द्रको वडा कार्यालय उद्घाटन

पूर्णपुष्टि, भदौ १२ ।

नेकपा माओवादी केन्द्रको गाईघाटमा वडा कार्यालय आज उद्घाटन भएको छ । त्रियुगा नगरपालिका ११ वडाको वडा कमिटि कार्यालय उद्घाटन भएको हो । पार्टि जिल्ला सचिवालय सदस्यहरु विमल किराती र किरण र्राईले कार्यालयको उद्घाटन गर्नुभयो ।

गाईघाटको असारीरोडमा स्थापना गरिएको वडा कार्यालय उद्घाटन भएको हो । वडा कार्यालय अगाडी राखिएको झण्डा र बोर्डको पर्दा खोलेर उद्घाटन गरिएको थियो ।

जिल्ला सदस्य, नगरकमिटिका पदाधिकारीहरुको उपस्थिति रहेको कार्यक्रममा कार्यालय स्थापनाले वडा गतिविधिमा ठूलो टेवा पुर्याउने बताइएको छ ।

नगर तथा जिल्ला तहका नेताहरुले निर्देशनात्मक, प्रशिक्षनात्मक शुभकामना मन्तब्य राखेका थिए । वडा कमिटिका पदाधिकारी सदस्यहरु तथा पार्टिका आस्थावान ब्यक्तिहरुकेा उपस्थिति रहेको थियो ।