
३१ साउन, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सह–ईन्चार्न सहतिर केन्द्रिय कार्यलयका सचिवहरु तोको छ । शुक्रबार बसेको सचिवालयको बैठकले केन्द्रीय कार्यालय सचिवमा श्रीराम ढकाल र ईश्वरी रिजाल विश्वकर्मालाई चयन गरेको हो ।
बैठकले अधिकांश मन्त्रीलाई सम्बन्धित मन्त्रालयकै विभाग प्रमुख बनाइएको छ । स्थायी कमिटी सदस्य नरहेका विना मगर,लालबाबु पण्डितलगायतका मन्त्रीले पनि बिभागीय प्रमुखको जिम्मेवारी पाएका छन् ।
नेकपाको स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल रहको छ । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराई पर्यटन विभाग प्रमुखनै बनेका छन् । माधव नेपाल विदेश विभाग प्रमुख भएका छन् भने सुवास नेम्वाङ संसदीय विभाग प्रमुख भएका छन् । त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली निर्वाचन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।




