Tuesday, June 9News That Matters

नेपाल टेलिकमको नेटवर्कमा समस्या, सेवा अवरुद्ध

पूर्णपुष्टि,फागुन ३ । नेपाल टेलिकमको नेटवर्कमा फेरि फोन नलाग्ने समस्या देखिएको छ । यसअघि, गत महिना पनि टेलिकमको नेटवर्कमा समस्या आएको थियो । टेलिकमको सिमबाट टेलिकमकै सिममा फोन गर्दा नलाग्ने समस्या आएको हो ।

नेटवर्कमा समस्या आएसँगै नेपाल टेलिकमका सबैखाले सेवा अवरुद्ध बनेको छ । टेलिकमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले यसबारे जानकार नभएको जानकारी दिए । तर,टेलिकमको सिमबाट टेलिकम र अन्य कम्पनीको सिममा फोन गर्दा सम्पर्क नभएको भन्छ । यस्तै, फोन नै नलागी उठेन र व्यस्त छ भन्ने जवाफ आइरहेको छ । अन्य कम्पनीबाट टेलिकमको सिममा फोन गर्दा समेत समस्या देखाइरहेको छ ।