
पूर्णपुष्टि, चैत्र ४
कैलालीमा नेपाल प्रहरीकको प्रहरी साहयक निरीक्षक (असई) सहित ४ जनालाई प्रशरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–७ का (असई) पुष्कर भट्ट, सोही नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीय डबल चन्द, ३० वर्षीय बालकृष्ण पनेरु, गोदावरी–५ का ४० वर्षीय टेक बहादुर विष्ट र कञ्चनपुर भीमदत्त नगरपालिका–४ का ३७ वर्षीय सन्तोष चन्द रहेका छन् ।
कैलाली गोदवरी नगरपालिका–१० खमौरास्थित जंगलमा जुवातास खेलिरहेका अवस्थामा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत असई पुष्कर भट्टसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतिक विष्टले जानकारी दिनुभयो ।
