
पूर्णपुष्टि, असार २४
सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा एआईजी शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ । हिजो बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले क्षेत्रीलाई नेपाल प्रहरीको महानिरिक्षकमा नियुक्ती गर्ने निर्णय गरेको हो ।
उहाँ नेपाल प्रहरीको २८ औँ महानिरीक्षक हुनुहुनेछ । अहिलेका आईजीपी ठाकुरप्रसाद ज्ञवालीको आज उमेरका कारण अवकास हुँनुहुदै छ । आज बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले उहाँलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको जनाईएको छ ।
महानिरीक्षक पदका लागि एआईजी शैलेश थापा र हरिबहादुर पाल प्रतिस्पर्धामा भए पनि सरकारले वरियतामा एक नम्बरमा रहेका थापालाई नै आईजीपी बनाउने निर्णय गरेको हो । २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका थापा प्रहरी निरीक्षकदेखि एआईजीपीसम्म नम्बर एक नम्बर बन्ने सौभाग्य पाउँदै आउनुभएको छ ।
नेपाल प्रहरीको सङ्गठनमा अब्बल, बौद्धिक र इमानदार छविका अधिकृतका रुपमा थापालाई लिने गरिएको छ । उहाँ यसअघि नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता रुपमा काम गर्नुभएको र उहाँले यसअघिका प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर काम गर्नुभएको थियो ।
