
पूर्णपुष्टि, फागुन १५
नेपाललाई संयुक्त राष्ट्रसङ्घको विकास नीति समितिले विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ ।
नेपालसहित लाओस र बंगलादेशलाई पनि समितिले विकासशील देशमा स्तरोन्नतिका लागि सिफारिस गरेको हो ।
नेपालले पाँच वर्षको तयारी अवधिको सुविधासहित स्तरोन्नतिको लागि सिफारिस पाएको परराष्ट्र मन्त्रलयले जनाएको छ । राष्ट्रिय आकाङ्क्षाको यात्रामा नेपालको विकासका लागि यो महत्त्वपूर्ण कोशेढुङ्गा भएको जनाईएको छ ।
विकासशील देशमा सिफारिस भएसँगै नेपालले अब सन् २०२६ अर्थात् अबको ५ वर्षमा विकासशील राष्ट्रको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । स्तरोन्नतिका लागि प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क र आर्थिक जोखिम सूचकाङ्क सुधार गर्नुपर्ने प्रावधान रहेको छ ।
नेपालले प्रतिव्यक्ति आयबाहेक दुई सूचकाङ्कमा तोकिएको मापदण्ड पार गरिसकेको छ ।
