
सो प्रस्ताव सर्वसम्मत रुपमा पारित गराउन सरकारले सबै दलसँग आग्रह गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका दलले प्रस्तावलाई समर्थन गर्ने जनाइसकेका छन ।
………………………..
पूर्णपुष्टि, जेठ १८ ।
नेपालको निसान छाप सच्याउनका लागि संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव आजको प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ । नेपालको नक्सा अध्यावधिक गरिएपछि निसान छाप सच्याउनका लागि संसदमा दर्ता गरिएको संविधान संशोधनको प्रस्ताव आजको बैंठकमा पेश हुने भएको हो ।
आज एघार बजेपछि बस्ने प्रतिनिधि सभा बैठकको कार्यसुचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संशोधन प्रस्ताव प्रस्तुत गर्ने रहेकोछ । सो प्रस्ताव सर्वसम्मत रुपमा पारित गराउन सरकारले सबै दलसँग आग्रह गरेको छ । नेपालको नक्सा अद्यावधिक गरिएकाले नेपालको निसान छापमा उक्त नक्सा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्नुपर्ने व्यहोरा उक्त विधेयकमा उल्लेख छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार मन्त्री तुम्बाहाङ्फेले जेठ ९ गते संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गर्नुभएको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका दलले प्रस्तावलाई समर्थन गर्ने जनाइसकेका छन ।
भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका क्षेत्र नेपालको भूमि भएको भन्दै सरकारले नयाँ नक्सा जारी गरेर प्रचलनमा ल्याएको छ ।
