
पूर्णपुष्टि, भदौ २२
नेपालमा आज थप नौ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ४७ हजार दुई सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा नौ हजार दुई सय १८ जनाको पीसीआर विधिमार्फत परीक्षण गरिएको थियो ।
त्यस्तै गत २४ घण्टामा एक हजार सात सय ३६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् योसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३० हजार ६ सय ७७ जना पुगेको मन्त्रालयले जनाएको छ ।
अब नेपालमा १७ हजार दुई सय ५९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । त्यस्तै चार हजार सात सय ३९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या तीन सय पुगेको मन्त्रालयले जनाएको छ ।

