Tuesday, May 12News That Matters

नेपालमा काेराेना संक्रमितकाे संख्य २ सय १७ पुग्याे

पूर्णपुष्टि, वैशाख ३० ।

नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय १७ पुगेकाे छ । अाज राती थप २६ जना काेराेना संक्रमण पुष्टि भएसंगै संक्रमितकाे संख्या २ सय १७ पुगेकाे हाे ।
अहिले राति पर्साका १८, महात्तरी २, धनुषा २, भक्तपुर २,काठमाडाै १ र सर्लाहीका १ जना पु्ष्टि भएकाे स्वास्थणय तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले पुष्टि गर्नुभयाे । पर्साका महिलाहरु २२, ३२, ४५, ६० र २८ वर्षिया दुईजना छन् भने पुरुषहरु १६, २२, २४, ३२, ५९, ५५ वर्षका छन् । त्यस्तै २५ वर्षका दुई, २८ वर्षका दुई र ६१ वर्षका दुईजना रहेका छन् ।
महाेत्तरिमा १६ र ३५ वर्षका पुरुष छन् । धनेषाका २० वर्षिया महिला र ४० वर्षिय पुरुष छन् । भक्तपुरका २५ वर्षिया महिला र २७ वर्षिय पुरुष रहेका छन् । काठमाडाैकी ३३ वर्षिया महिला र सर्लाहिका ४५ वर्षिय पुरुष रहेका छन् । सबै संक्रमितकाे अबस्था सामान्य रहेकाे जनाईएकाे छ । साथै सबै जना चिकित्सककाे निगरानिमा रहेकाे जनाईएकाे छ ।
पर्सामा विहान पुष्टि भएकाे ३९ र अहिलेकाे १८ गरि अाजकै दिन ५७ जना संक्रमित पुष्टि भएका छन् । अाजकाे ५७ सहित पर्सामा मात्र संक्रमितकाे संख्या ८२ पुगेकाे छ ।
सरकारले देशमा धमाधम परिक्षण बढाएसंगै संक्रमित धमाधम देखिन थालेकाे हाे ।