Tuesday, June 2News That Matters

नेपालमा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, वैशाख ५

वितेको २४ घण्टामा एक हजार ९६ जनामा कोरोना भाईरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । वितेको २४ घण्टामा पाँच हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १५ जनामा सङ्क्रमण पुष्टि भएको र छ सय ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

वितेको २४ घण्टामा दुई सय ६२ जना निको भएरको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा छ हजार दुई सय ९० जना सक्रिय सङ्क्रमित रहेका छन् ।