
पूर्णपुष्टि, भदौ १४
नेपालमा आज थप एक हजार दुई सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ३८ हजार पाँच सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप दुई सय ६७ जना उपचारपछि निको भएका छन् । योसँगै निको भएर डिस्चार्ज हुनेको सङ्ख्या २० हजार आठ सय २२ पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय २१ पुगेको मन्त्रालयले जनाएको छ ।
