Tuesday, April 21News That Matters

नेपालमा थप १२८ जनामा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, चैत २१

नेपालमा थप एक सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २७ सय २७ जनाको पीसीआर परीक्षण गर्दा एक सय २८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७७ हजार सात सय ६८ पुगेको छ ।  त्यस्तै एक सय ६१ जना निको भएसँगै कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार एक सय २३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ३२ पुगेको छ ।

अहिले नेपालमा १६ सय १३ जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ ।