Sunday, June 28News That Matters

नेपालमा थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असोज १३

नेपालमा आज थप एक हजार पाँच सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ७६ हजार दुई सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार आठ सय ९२ जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय १३ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गत २४ घण्टामा सात सय ३१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५५ हजार तीन सय ७१ जना पुगेको छ ।

अब नेपालमा २० हजार तीन सय ९६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार सात सय ७८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा १० जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या चार सय ९१ पुगेको मन्त्रालयले जनाएको छ ।