
पूर्णपुष्टि, भदौ २२
नेपालमा आज थप एक हजार सात सय ३६ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ३० हजार ६ सय ७७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा नौ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको सङ्ख्या ४७ हजार दुई सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या तीन सय पुगेको मन्त्रालयले जनाएको छ ।

