Wednesday, May 20News That Matters

नेपालमा थप २१२० जनामा कोरोना संक्रमित पुष्टि

पूर्णपुष्टि, असोज १७

नेपालमा आज थप दुई हजार एक सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ८४ हजार पाँच सय ७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ४४ जना कोरोना सङ्क्रमणबाट निको भएसँगै निको हुनेको सङ्ख्या ६२ हजार सात सय ४० पुगेको छ । अब नेपालमा २१ हजार तीन सय दुई जना सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै गत २४ घण्टामा आठ जनाको मृत्यु भएसँगै नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच सय २८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।