Thursday, June 18News That Matters

नेपालमा थप २५७१ जनामा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, कात्तिक २४ 

नेपालमा आज थप दुई हजार पाँच सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार एक सय ७७ जनाको नमुना परीक्षण भएको हो । त्यस्तै गत २४ घण्टामा एक हजार सात सय ९८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ५९ हजार सात सय २४ पुगेको छ ।

अब नेपालमा ३६ हजार एक सय ७४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै नौ सय ६७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गएको २४ घण्टामा १८ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार एक सय २६ पुगेको छ ।