
पूर्णपुष्टि, कात्तिक २३
नेपालमा आज थप दुई हजार आठ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको सख्ंया एक लाख ९४ हजार चार सय ५३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार आठ सय १२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ५७ हजार नौ सय २६ पुगेको छ ।
अब नेपालमा ३५ हजार चार सय १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार एक सय ४९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार एक सय आठ पुगेको छ ।
