Sunday, June 28News That Matters

नेपालमा थप २९०९ जनामा सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, कात्तिक २१

नेपालमा आज थप २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको छ ।

अब नेपालमा ३४ हजार ९ सय ५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै १ हजार २ सय ५४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा १८ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्य हुनेको सङ्ख्या १ हजार ७० पुगेको छ ।