Wednesday, June 10News That Matters

नेपालमा थप ३३०९ जनामा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, कात्तिक १९ 

नेपालमा आज थप ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार एक सय ४४ जनाको नमुना परीक्षण भएको थियो । त्यस्तै गत २४ घण्टामा ३ हजार ८ सय ४४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १ लाख ४४ हजार ९ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ ।

अब नेपालमा ३६ हजार ९ सय ११ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । त्यस्तै १ हजार ३ सय ५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा ३० जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ३४ पुगेको मन्त्रालयले जनाएको छ ।