
पूर्णपुष्टि, असार ६
आज नेपालमा थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।
त्यस्तै आज उपचारपछि १ सय ७८ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ८८ जना पुगेको छ भने २२ जनाको मृत्यु भईसकेको छ ।
